स्ववियु चुनावमा होमिन नेविसंघलाई कांग्रेसको निर्देशन

0
240

२० माघ, काठमाडौं । नेपाली कांग्रेसले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन नेविसंघलाई निर्देशन दिएको छ । नेविसंघको असन्तुष्ट पक्षले उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायत विरोधका कार्यक्रम गरिरहेका बेला कांग्रेसले आन्दोलन छाडेर चुनावमा होमिन निर्देशन दिएको हो ।

Advertisements

कांग्रेसको पदाधिकारी बैठक बिहीबार सिंहदरबारमा बसेको थियो । दलको कार्यालयमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु र नेविसंघका वर्तमान पदाधिकारीसमेत सहभागी थिए ।बैठकमा सभापति देउवाले नेविसंघका नेताहरुलाई सबै असन्तुष्टि त्यागेर स्ववियु निर्वाचनमा होमिन र पहिलो बन्न निर्देशन दिएका थिए

LEAVE A REPLY