तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसन अमेरिकी विदेश मन्त्री मा अनुमोदन

0
238

माघ २०, २०७३- तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी थिए ।

Advertisements

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ वर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अब ताजा विदेश निती अपनाइने बताएका छन् ।विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहँदै आएको छ ।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए । अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले भने विरोध गरेका थिए । सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो ।

 

LEAVE A REPLY