छ्यापछ्प्याती आयूर्वे्दिक उपचार केन्द्र

0
231

चितवनका अधिकांश आयूर्वे्दिक उपचार केन्द्रहरु अवैध रुपमा सञ्चालन भएको प्रमाण फेला परेको छ । भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालित अधिकांश आयूर्वे्दिक उपचार केन्द्रले सम्बन्धित निकायबाट अनुमति नै नलिएको र अनुभवका आधारमा बिरामीको उपचार गरिरहेको फेला परेको हो ।

Advertisements

आयूर्वे्दिक उपचारकेन्द्रहरुले व्यवसाय सञ्चालनको अनुमति नलिएको, योग्यताबिनै उपचार गरेको तथा आवश्यक पूर्वाधारबिना नै उपचार केन्द्र सञ्चालन गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो प्रमाण फेला परेको हो ।
मिडियामा आकर्षक विज्ञापन गर्ने तर विज्ञापनअनुसार सेवा नदिएर ठगी गरेको भन्दै चितवनका आयुर्वे्दिक सेवा केन्द्रमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताए । अनुगमनको क्रममा दुईवटा आयुर्वे्दिक सेवा केन्द्रमा सिल गरिएको र डाक्टरसहित ६ जनालाई नियन्त्रणमा लिइएको शार्माले जानकारी दिए ।

भरतपुरको अनमोल आरोग्य केन्द्रबाट डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाललाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट डा. अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको शर्माले बताए ।

अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन र अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन म्याद सकिएको औषधि समेत फेला पारेको थियो ।

अनुगमन टोलीले नारायणगढको वैदिक आयुर्वे्दिक औषधालयलाई बन्द गर्न निर्देशन दिएको छ । प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव प्रकाश सिग्देलले योग्यताको प्रमाणपत्रबिना नै उपचार केन्द्र सञ्चालन गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कडा कारबाही गरिनुपर्ने बताए ।

LEAVE A REPLY