कर्णालीको विकासका लागि प्रस्तावित गुरुयोजना कार्यान्वयनको प्राथमिकतामा ः प्रधानमन्त्री

0
230

माघ २१, २०७३( प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीको विकासका लागि प्रस्तावित गुरुयोजनालाई प्राथमिकतामा राखेर मन्त्रालयले कार्यान्यवन गराउने बताएका छन् ।

Advertisements

शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गर्न पुगेका कर्णाली विकास आयोगका पदाधिकारीहरुसँग उनले यस्तो जानकारी दिएका हुन् । कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजना तयार गरेकोमा प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीहरुलाई आभार प्रकट गर्दै आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रिपरिषद् बैठकमा थप छलफल गर्ने र कार्यान्वनमा लैजाने बताएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आयोगका अध्यक्ष चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारीको टोलीे सिंहदरबार पुगेको थियो । अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवर्द्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतीको रुपमा रहेको भन्दै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिबी १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए ।

LEAVE A REPLY