शिक्षकले तलब अब मासिक रूपमा

0
254

सरकारले शिक्षकको तलब अब मासिक रूपमा उपलब्ध गराउने भएको छ । शिक्षा कार्यालयले शिक्षकको तलब चौमासिक रूपमा विद्यालयलाई उपलब्ध गराउने र विद्यालयले मासिक रूपमा शिक्षकलाई दिने व्यवस्था गर्न लागिएको हो । चौमासिक तलब भत्ता बुझदै आएका शिक्षकलाई मासिक रूपमा तलब उपलब्ध गराउन शिक्षा विभागले शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिइसकेको छ ।

Advertisements

शिक्षा मन्त्रालयको माघ ३ को सचिवस्तरीय निर्णयअनुसार शिक्षकको तलब मासिक भुक्तानी गर्न लागिएको हो । यो व्यवस्था लागू गर्न साउनको सुरुमै विद्यालयहरूबाट माग फारम संकलन गर्न विभागले जिशिकाहरूलाई निर्देशन दिएको छ ।

साउनको अन्त्यसम्ममा प्रथम चौमासिक अवधिको शिक्षकको तलब निकासा गर्ने तथा दोस्रो र तेस्रो चौमासिक अवधिको पनि त्यही विधिबाट माग फारम लिएर चौमासिकको सुरु महिनामै तलब निकासाको व्यवस्था मिलाउन विभागले निर्देशन दिएको हो ।

निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिक रूपमा तलब भुक्तानीको व्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ । शिक्षक महासंघले मंसिर अन्तिम साता शिक्षा सचिवलाई भेटेर शिक्षकको तलब मासिक भुक्तानीको व्यवस्था मिलाउन माग गरेको थियो ।

मन्त्रालयले पुस पहिलो साता विभागलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो । मन्त्रालयले निर्णय गरेको डेढ महिनापछि कार्यान्वयन गर्न विभागले शिक्षा कार्यालयलाई निर्देशन दिएको हो ।

http://bit.ly/2jLa4dX

LEAVE A REPLY