१३ नयाँ राजदूतको नाम सोमवारको मन्त्रीपरिषदबाट निर्णय गरिदै

0
220

काठमाडौं–काँग्रेसले सात राजदूतको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । सरकारले सोमवार १३ राजदूत नियुक्तीको तयारी गरिरहेको बेला काँग्रेसले आफ्नो पार्टीको तर्फबाट नाम सिफारिस गरेको हो ।काँग्रेस स्रोतका अनुसार यसरी सिफारिस भएका नाममा दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा.जगदिशचन्द्र पोखरेल, डा.दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो ।

Advertisements

त्रिवि पूर्वउपकुलपति नवीनप्रकाश शाह, पूर्वराष्ट्रपति डा.रामबरण यादवका सल्लाहकार डा.हरि शर्मा,  पूर्वमहान्यायाधिवक्ता महादेव यादव लगायतको नाम पनि राजदुत सिफारिसका लागि अग्रपंक्तिमा थियो ।काँग्रेस स्रोतले दावी गरे पनि औपचारकि रुपमा भने नाम बाहिर आएको छैन ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले सोमवार मन्त्रीपरिषद्बाट राजदूतको विषय टुंगिन सक्ने बताए ।काँग्रेस सभापति देउवा निकट एक नेताले पार्टीका तर्फबाट सिफारिस हुने नाम छनौटका लागि प्रक्रिया शुरु भएको बताए ।राजदूत छनौटको विषयलाई लिएर काँग्रेसभित्र विवाद थियो ।

१३ देशमा राजदूत खाली छन् । ती देशका राजदूतका लागि यस अघि नै सत्तारुढ दलहरुले भागबन्डा गरिसकेका छन् । कांग्रेस, माओबादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा गरेका हुन ।माओवादीले यस अघि नै नाम टुंगाएको छ ।  माओबादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र डा.महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । तर, डा. सिंहलाई मन्त्रीपरिषदको बैठकले गरिवी निवारण कोषको उपाध्यक्ष छनौट समितिमा विज्ञको रुपमा नियुक्त गरेको छ ।उनको ठाँउमा माओबादीले अर्को व्यक्तिलाई छनौट गर्ने माओवादीले बताएको थियो । माओवादी स्रोतका अनुसार सिंहको ठाँउमा राजदूत हुन चाहनेको सूचि लामो छ । तर, अहिलेसम्म भने टुंगिएको छैन ।

अघिल्लो सरकारका पालामा माओवादी केन्द्रबाट डा.सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिसमा परेका थिए ।अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन ।

गत बैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए ।राजदुतको पद खाली भएका देशहरुमा सहसचिव स्तरका कर्मचारीले कार्यबाहक राजदुतका रुपमा काम गरिरहेका छन् ।

LEAVE A REPLY