नेपाली काँग्रेस सोलुखुम्बु अधिवेशनबारे छानबिन हुने:शेरबहादुर देउवा

0
287

सोलुखुम्बु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस जिल्ला समिति, सोलुखुम्बुको एक वर्षअघि सम्पन्न अधिवेशनबारे छानबिन हुने बताएका छन् ।जिल्ला अधिवेशनको मिति घोषणा गर्न माग गर्दै विगत २० दिनदेखि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा रिले अनशन बसिरहेका असन्तुष्ट पक्षका नेताकार्यकर्तासँग आज भेट गर्दै सभापति देउवाले तीन दिनभित्रमा समिति बनाई जिल्ला अधिवेशनका सम्बन्धमा छानबिन सुरु गर्ने आश्वासन दिएको रिले अनशनमा सहभागी काँग्रेस सोलुखुम्बुका नेता चन्द्र आचार्यले जानकारी दिए ।

Advertisements

गत वर्ष जिल्ला अधिवेशन स्थगित गरेर केन्द्रीय सदस्य बलबहादुर केसी पक्षधरले एकलौटी रुपमा अधिवेशन सम्पन्न भएको घोषणा गरेको तत्कालीन जिल्ला सभापति आङ्गेलु शेर्पा पक्षधरले आरोप लगाउँदै आएका छन् । उनीहरुले जिल्ला अधिवेशनको माग गर्दैआएका छन् । अहिले जिल्लामा नेपाली काँग्रेसको दुईवटा समानान्तर जिल्ला समिति सक्रिय छन् ।

LEAVE A REPLY