मधेसी मोर्चाका नेता छलफल गर्न आज देउवा निवासमा

0
221

 

 

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् ।आइतबार देउवाले मार्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका छन् ।

Advertisements

मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचनको बटमलाइन बनाएको छ ।

मोर्चाका नेताहरुसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । सो छलफलमा कांग्रेस सभापति देउवा अनुपस्थित थिए भने देउवाले मोर्चाका नेताहरुसँग गर्न लागेको छलफलमा सरकारको नेतृत्वकर्ता दल माओवादी अनुपस्थित रहने स्रोतले बतायो ।सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिए पनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति तोक्न सकेको छैन ।

LEAVE A REPLY