विदेशीलाई गाली गरेर राष्ट्रियता हुँदैन,’ ऊर्जामन्त्री शर्मा

0
211

माघ २२, २०७३- सस्तो लोकप्रियताको लागि राष्ट्रियताको शब्द दुरुपयोग भइरहेको गुनासो गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले अरुलाई गाली गरेर राष्ट्रियता नहुने बताएका छन् ।

Advertisements

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणधिन काबेली करिडोर १३२ केभि प्रशारण लाइन अन्तर्गत पाँचथरमा नवनिर्मित दुई वटा सवस्टेसनगृह उद्घाटन गर्न आएका ऊर्जामन्त्री शर्माले गाली गरेर राष्ट्रियता नहुने बताएका हुन् ।

‘विदेशीलाई गाली गरेर राष्ट्रियता हुँदैन,’ ऊर्जामन्त्री शर्माले प्रश्न गर्दै भने, ‘मधेसी, आदिवासी जनजाति गाली गरेर राष्ट्रियता हुन्छ ?’ उनले राष्ट्रियताको निम्ति सारा नेपाली मिलेर सम्बृद्धिको बाटोमा लाग्नुपर्ने बताए ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ मुलुकलाई समृद्ध बनाउन उज्यालो नेपाल अभियान अन्तर्गत जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर वितरण गर्ने व्यवस्था सुनिश्चित गरेको शर्माले बताए । पाँचथरमा विद्युत प्राधिकरणद्वारा संचालित आयोजनाहरुको निरीक्षण, अवलोकन गर्दै ऊर्जामन्त्री शर्माले काबेली करिडोर आयोजना अन्तर्गत पाँचथरको अमरपुर र थापाटारमा नवनिर्मित विद्युत सवस्टेसनगृहको सनिबार उद्घाटन गरेका छन् ।

झापाको लखनपुरदेखि इलामको गोधक हुदै पाँचथरको अमरपुरसम्म ९० किलोमिटर काबेली करिडोर १३२ केभि प्रशारण लाइन आयोजनामध्ये इलामदेखि पाँचथर खण्डमा निर्माण कार्य ढिलाई हुनुको कारण चासो राख्दै मन्त्री शर्माले चार महिनाभित्र आयोजना सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । उनले स्थानीयवासीले जग्गाको मुआब्जा, क्षतिपूर्ति माग गर्दै इलामको सिद्धिथुम्का, फिदिमको जोरसाल र विभिन्न वनक्षेत्रमा अवरोधका कारण निर्माण कार्य ढिलाईं भएकोले यथाशिघ्र विवाद समाधान गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए ।

ऊर्जामन्त्रीसँगै आएका ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विराटनगर क्षेत्रीय निर्देशक ओमप्रकाश राठीले समेत सवस्टेसनको अवलोकन गरेका छन् । जिल्ला वन कार्यालयले रुख कटान आदेश नदिएको, स्थानीयवासीले क्षतिपूर्ति नपाएकाले विवाद कायमै रहेकोले निर्माण कार्य समयमा पूरा गर्न कठिनाइ भएको आयोजना प्रमूख इन्जिनियर दिपेन्द्रराज दिवेदीले बताए ।

पाँचथरको अमरपुर गाविसका बासिन्दाले आफ्नै गाउँमा विद्युत सवस्टेसन निर्माण गरी प्राधिकरणले ताप्लेजुङसम्म विद्युत विस्तार गरेपनि बत्तिमुनि अँध्यारो भएझैं आफूहरुलाई बेवास्ता गरेको गुनासो गरे । उनले आयोजना निर्माणको ढिलाईं हुनुमा सरकार नै दोषि रहेको जनाए ।

विश्व बंैंकको आर्थिक सहयोगमा दुई अर्व ५८ करोड रुपैंयाँ लगानीमा निर्माणाधिन काबेली करिडोर १३२ केभि प्रशारण लाइन निर्माण गर्न भारतीय कम्पनी जग्वर ओभरसिज र एस्तर जेभि प्रालिले संयुक्त रुपमा ठेक्का पाएका छन् । भारतीय ठेकेदार एविवि कन्स्ट्रक्सन प्रालिसित ठेक्का सम्झौताअनुसार ६० करोड रुपैंयाँ लगानीमा इलामको गोधक, पाँचथरको थापाटार र अमरपुरमा तीन वटा सवस्टेसन निर्माण गरिएका छन् ।

दुवै सवस्टेसन सनिबारदेखि संचालनमा आइसकेका छन् । थापाटार सवस्टेसनमा १५ मेगावाट क्षमताको नवनिर्मित हेवाखोला ए जलविद्युत आयोजना समाबेश गरिएको छ । अमरपुर सवस्टेसनबाट ३३ केभि केन्द्रीय प्रशारण लाइन ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म पुर्‍याएर शुक्रबार ऊmर्जा मन्त्री शर्माले उद्घाटन गरे ।

सन् २०१३ मा निर्माण थालिएको काबेली कोरीडोर आयोजना झापादेखि पाँचथरसम्म २ सय ५८ वटा टावरमध्ये झापामा ११ वटा, इलाममा ९५ वटा हाइटेन्सन टावर निर्माण गरी संचालनमा आइसकेका छन् । स्थानीय अवरोधले इलामको गोधकदेखि पाँचथरको थापाटारसम्म एक सय ५२ वटा हाइटेन्सन टावर निर्माण र तार ताङने कार्य गर्न नसकेर १३२ केभि प्रशारण लाइन सूचारु हुन सकेको छैन ।

 

LEAVE A REPLY