आर्सनलमाथि चेल्सीको सहज जित

0
218

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि सानदार जित दर्ता गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी ३-१ ले विजयी भयो। चेल्सीलाई विजयी गराउन मार्कस अलन्सो, एडिन हाजार्ड र फाब्रीगासले एक एक गोल गरे ।

Advertisements

खेलको १३ औँ मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५३ औँ मिनेटमा हाजार्डले र ८५ औँ मिनेटमा फ्याब्रिगासले गोल गरे। खेलको अतिरिक्त समयमा आर्सनलका लागि जिरार्डले एक गोल फर्काए ।

गएरातिको खेलपछि ५९ अंकसहित लिगको शीर्षस्थानमा कायमै छ।

LEAVE A REPLY