प्रतियोगिताकै दौरान जर्मनीका साइकल चालक मार्केल किट्टल कुटिए

0
223

जर्मनीका साइकल चालक मार्केल किट्टललाई प्रतियोगिताकै दौरान युक्रेनी चालक आन्द्रेयी ग्रिभ्कोले मुक्का प्रहार गरेका छन्। दुबई टुरअन्तर्गत तेस्रो चरणको स्पर्धामा जर्मनी चालकलाई ग्रिभ्कोले मुक्का प्रहार गरेका हुन्।

Advertisements

ग्रिभ्कोको अप्रिय व्यवहारपछि आयोजकले उनको टिमलाई अयोग्य घोषित गरिसकेको छ। लगत्तै ग्रिभ्कोले जर्मनी चालक किट्टलसँग माफी मागेका छन्। तर, उनको व्यवहारबाट रुष्ट किट्टलले युक्रेनी चालकको माफी स्विकार नगर्ने स्पष्ट पारेका छन्।

जर्मनी स्प्रिन्टर किट्टलले आफ्नो ट्विटरमा रगत्ताम्मै भएको अनुहार पोस्ट गरेका छन्। र, ट्विट गरेका छन्, ‘म माफी स्विकार्ने छुईन। यस्तो कुनै पनि साइकल चालकलाई नहोस्। ग्रिभ्कोले जे गरेका छन्, यसले हाम्रो सुन्दर खेललाई लज्जित तुल्याएको छ।’

घटना दुबईबाट अल आका तर्फ लागेको २ सय किलोमिटर रोडमा भएको थियो। ‘हामी जतिबेला पूर्ननिमार्ण भइरहेको ठाउँबाट गुज्रिरहेका थियौं। बालुवा उड्न थालेको थियो। यसलाई छिचोलेर निक्लिने क्रममा ग्रिभ्को झगडामा उत्रिएका थिए। यो निकै तनावपूर्ण स्थिति थियो। उनले यही मलाई मुक्काले हाने,’ किट्टलले भने।

LEAVE A REPLY