कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण

0
248

माघ २३, २०७३- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

Advertisements

बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको अर्यालले  जानकारी दिए ।

बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो।

LEAVE A REPLY