सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न प्रस्ताव

0
289

२३ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisements

यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो ।

सशस्त्र द्वन्द्वकालीन घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत सिफारिस गर्न गठन भएको आयोगको म्याद यही माघ २७ गते सकिँदै छ ।

वेपत्ता छानबिन आयोगले भने यसअघि नै एक वर्ष म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कार्यअवधि दुई वर्ष तोकिएको छ र दफा ३८ मा सरकारले थप एक वर्ष म्याद थप्न सक्ने व्यवस्था छ ।

LEAVE A REPLY