नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल श्रीलकासँग पराजित

0
245

काठमाडौं । भारतमा जारी दोस्रो नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाली नेत्रहीन क्रिकेट टोली श्रीलकासगँ पराजित भएको छ । आईतबार भएको खेलमा नेपाल टेस्ट मान्यता राष्ट्र श्रीलकासगँ १३१ रनले पराजित भएको हो ।

Advertisements

पुनेस्थित पुने पिवाईसी मैदानमा श्रीलकाले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर मात्र १४३ रन बनाउन सक्यो । नेपालका लागि सुनिल थापा मगरले ३८ रन जोडे भने कप्तान कृतन श्रेष्ठ दवालले अबिजीत ३७ तथा पदम बहादुर बडौलाले पनि अविजित २३ रन बनाए ।

त्यस्तै अब्दुल जाहीदले १० तथा लोकबहादुर थापाले ८ रन जोडे । श्रीलकाका मधुसकां बिश्वनाथ र चन्दना कुमाराले समान एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलकाले निर्धारीत २० ओभरमा २ विकेट गुमाएर २७४ रनको योगफल बनाएको थियो । श्रीलकाका लागी सुरगां सामपथले १११ रनको शतकिय पारी खेल्दै रिटायर्ड हर्ट भए ।

त्यस्तै रूवान वासन्थाले ७६, रूवान करूनाथिलाकाले ३३ तथा कभिन्दु साहन कुमाराले अविजित ३२ रन बनाए । प्रतियोगितामा नेपालको यो पाचौँ हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बंगलादेश,पाकिस्तान र वेष्ट ईन्डिजसगँ पराजित भएको थियो भने दक्षिण अफ्रिकालाई हराएको थियो ।

अब नेपालले सोमबार ईङल्याण्डको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित टेस्ट मान्यता प्राप्त राष्ट्र भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेस्ट इन्डिज, श्रीलका, न्युजिल्यान्ड र इंग्ल्यान्ड छन् ।

LEAVE A REPLY