बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे त्यसको परिणाम जटिल हुने -उपेन्द्र यादव

0
202

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले जबरजस्ती सेना र शसस्त्र प्रहरी प्रयोग गरेर यदि गाँउ नगरको निर्वाचन गराउँछ भने त्यो मधेश र देशका जनताको स्वीकार्य नहुने चेतावनी दिएका छन्।

Advertisements

संघीय समाजवादी फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशनको जलेश्वरमा उद्घाटन गर्दै उनले यस्तो निर्वाचन राजा ज्ञानेन्द्रले पनि गराएको भन्दै यसको कुनै अर्थ नहुने दाबी गरे।

तराई मधेशका जनताले निर्वाचनमा भाग नलिए त्यो निर्वाचनको पनि कुनै  अर्थ नरहने उनले बताए ।

उनले संविधान संशोधन नगरी गरिने कुनै पनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने, ‘यदि यो सरकारले बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे त्यसको परिणाम जटिल हुनेछ।’

स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य नहुने उनले बताए।

नेता यादवले मधेश र मधेशीलाई ५० प्रतिशत हक अधिकारको सुनिश्चितता नहुञ्जेलसम्म मधेशवादी दल राज्यको संविधान पनि मानेका छैनन् भने संविधान पुनर्लेखन र संशोधनको माग गर्दै यसअघि संविधान पनि जलाई सकेको स्मरण गराए।

उनले राज्य पक्षले मधेशको हक अधिकारको ग्यारेन्टी नगरुञ्जेल देशमा कुनै पनि चुनाव नहुने ठोकुवा गरे।

उनले सरकारले मधेश र मधेशी मात्रै नभई पहाडी जनता सबैले आफ्नो हक अधिकारको सुनिश्चितताको लागि देशमा पुनः राष्ट्रिय जन आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए।

LEAVE A REPLY