लेष्टर सिटीमाथि म्यानचेस्टर युनाइटेड हावी

0
233

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साबिकको बिजेता लेष्टर सिटीलाई पराजित गरेको छ ।  लिग अन्तर्गत आइतबार राती भएको खेलमा युनाइटेडले लेष्टरमाथी ३–० को सहज जित निकालेको हो ।

Advertisements

लेष्टरको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन हेन्रिक माखीटारियन , जाल्टन इब्राहिमोभिच र  हुवान माटाले समान एक एक गोल गरे । जारी सिजनमा युनाइटेडले लेष्टरलाई यो दोस्रो पटक हराएको हो । यसअघि सिजनको सुरुवाती भिडन्तमा युनाइटेडले घरेलु मैदानमा लेष्टरलाई ४ – १ ले पराजित गरेको थियो ।

किंग्स पावर स्टेडियममा घरेलु टोलिबिरुद्ध युनाइटेडले ४२ औ मिनेटमा माखीटारियनको गोलबाट अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै ४४ औ मिनेटमा इब्राहिमोभिचले गोल गरेपछि पहिलो हाफमा युनाइटेड २  ( ० ले अघि रह्यो  । लेष्टरविरुद्धको एक गोलसगै इब्राहिमोभिचले लिगमा आफ्नो गोल संख्या १५ पुराए । र, ३५ बर्षिय इब्राहिमोभिच एकै सिजन १५ गोल गर्ने सबैभन्दा बुढा खेलाडी बने ।

दोस्रो हाफमा युनाइटेडले थप एक गोल गर्यो । खेलको ४९ औ मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । जितसंगै लिगको छैटौँ स्थानमा रहेको युनाइटेडले ४५ अंक जोडेको छ । पराजित लेष्टर २१ अंक जोडेर लिगको १६ औ स्थानमा रहेको छ ।

LEAVE A REPLY