लेखा समितिको बैठक ६ महिनापछि बस्दै

0
194

२४ माघ, काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक ६ महिनापछि आज बस्दैछ । तत्कालीन सभापति जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जामन्त्री भएपछि लेखा समिति सभापतिविहीन भएको थियो ।

त्यसयता बस्न नसकेको बैठक समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएपछि पहिलोपटक बस्न लागेको हो ।

सभापति उपाध्यायका अनुसार बिहान ११ बजे बस्ने बैठकमा वित्तीय संकट, मौद्रिक तरलता र राजश्व परिचालनबारे छलफल हुनेछ ।

छलफलका लागि अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र गभर्नर डा. चिरञ्जिवी नेपाललाई बैठकमा बोलाइएको छ ।

 

LEAVE A REPLY