आफ्नै काकीद्वारा तीन वर्षीय बालकको घाँटी थिचेर हत्या

0
193

सप्तरीको पातो गाविसमा तीन वर्षीय एक बालकको उनकै काकीले हत्या गरेको खुलासा भएको छ । शनिबार हत्या भएका ती बालकको शव सोमबार भेटिएको हो । हत्यारा महिलाकै छोरा छोरीले मृतक बालकको शव देखाइदिएका हुन् ।

Advertisements

पातो गाविस ५ गोविन्दपुर निवासी धर्मदेव मण्डल खत्वेका तीन वर्षीय छोरा रामअवतार मण्डललाई उनकै काकी उर्मिलादेवीले घाँटी निमोठेर हत्या गरेपछि घर पछाडिको बारीमा गाडेको र सोमबार बोरामा राखेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । बालकलाई मृत भेटिएपछि प्रहरीले उर्मिलालाई नियन्त्रणमा लिएको छ ।

यसअघि बालक बेपत्ता भएको भन्दै शनिबार मृतककी आमा चन्द्रिकाले प्रहरीमा उजुरी दिएकी थिइन् । घर परिवार, स्थानीय वासिन्दा र प्रहरीले खोजी गर्दै गर्दा बेपत्ता बालकलाई मृत फेला पारिएको हो ।

हत्यारा चन्द्रिकाका एक छोरा र एक छोरी छन् । उनीहरुले पाँच रुपैयाँ दिए बेपत्ता बालकको शव देखाइदिने बताएपछि उनीहरुकै सहयोगमा शव भेटिएको हो ।

हत्या गरिएका बालकका पिता धर्मदेव र काका अशोक एक साताअघि भारतको मुम्बई रोजगारीका लागि गएका थिए । उनीहरु रोजगारीमा गएको केही दिनमै यो घटना भएको हो ।

LEAVE A REPLY