सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

0
193

२४ माघ, काठमाडौं । सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो ।संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । र, अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ ।

Advertisements

LEAVE A REPLY