अस्ट्रेलियासँगको एक दिवसीय क्रिकेट शृंखला न्युजिल्याण्डले जित्यो जित्यो

0
238

न्यूजिल्याण्डले अस्ट्रेलियासँगको तीन एक दिवसीय क्रिकेटको शृंखला २–० ले जितेको छ। आइतबार तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई २४ रनले हराउँदै न्युजिल्याण्डले शृंखलामाथि कब्जा जमाएको हो।

Advertisements

यसअघि भएको पहिलो शृंखला ६ रनले जितेको घरेलु टोलीले तेस्रो तथा अन्तिम  शृंखलामा पनि अष्ट्रेलिया स्तब्ध भएको हो। दोस्रो खेल रद्द भएको थियो।

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो।

दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४७ ओभरमा २ सय ५७ रनमा आउट भयो । एरोन फिन्चले ५६ र ट्राभिस हेडले ५३ रन बनाएपनि टिमलाई जिताउन सकेनन्।

न्युजिल्याण्डका ट्रेण्ट बोल्टले ६ विकेट लिएपछि अस्ट्रेलियाका ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । १० ओभर बलिङ गरेका बोल्टले १ मेडन राख्दै ३३ रन खर्चेर ६ विकेट लिएका थिए ।

LEAVE A REPLY