इब्रामोभिचले गरे इङ्लिस प्रिमियर लिगमा एकै सिजनमा १५ गोल

0
254

काठमाडौं । इंग्ल्याण्डको  प्रतिष्ठित फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्रामोभिच आइतबार लेस्टर सिटीविरुद्ध गोल गर्दै  इङ्लिस प्रिमियर लिगमा एक सिजनमा १५ गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडीको रेकर्ड कायम गर्न सफल भएका छन् ।
गोल डटकमका अनुसार म्यानचेस्टर युनाइटेडले ३–०ले जितेको उक्त खेलको दोस्रो गोल गर्दै सो रेकर्ड भेट्टाएका हुन् ।
फ्रान्सको पीएसजीबाट यो सिजन इंग्ल्याण्ड आएका स्विडेनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी इब्रामोभिचले  ओल्ड ट्राफोल्डमा उत्कृष्ट प्रभाव जमाउँदै २४ खेलमा १५ गोल गर्न सफल भएका हुन् ।
३५ वर्ष १२५ दिनका इब्रामोभिचले लेस्टरविरुद्ध क्लबका लागि दोस्रो गोल गरेर यो उपलब्धि हासिल गरेका हुन् ।
पूर्व बार्सिलोना स्टारसमेत रहेका इब्रामोभिचले यही सिजन स्वान्सी सिटीविरुद्ध इङ्लिस प्रिमियर लिगको २५ हजारौं गोल समेत गर्न सफल भएका थिए ।
इब्रामोभिचले यो उपलब्धिसँगै लगातार छैटौं सिजन कम्तीमा पनि १५ गोल गर्न  सफल भएका छन् । सन् २००६ देखि उनी सो उचाइ प्राप्त गर्न एक सिजनमा मात्र असफल भएका थिए ।
यसका साथै २४ खेलमा  १५ गोल गरेका इब्रामोभिच म्यानचेस्टर युनाइटेडका थोरै खेल खेलेर १५ गोल गर्ने खेलाडीको सूचीमा चौथो खेलाडी बनेका छन् ।

Advertisements

LEAVE A REPLY