स्वास्थ्य राज्यमन्त्री गुरुङले बैंक खाताको पैसा खुलाएनन्

0
224

काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएका छन्। राज्यमन्त्री गुरुङले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनको नाममा संखुवासभामा दुई वटा घर छन्।

Advertisements

उनीसँग संखुवासभा र सिन्धुपाल्चोकका विभिन्न ९ स्थानमा गरी झन्डै एक सय रोपनी जग्गा छ। गुरुङको सम्पत्ति विवरण अनुसार उनीसँग २० तोला सुन र एक सय तोला चाँदी छ।

मन्त्री गुरुङसँग नेपाल बैंक, एस डेभलपमेन्ट, इन्भेस्टमेन्ट, एभरेस्ट र राष्ट्रिय वाणिज्य गरी पाँच वटा बैंकमा खाता छ। तर, उनले खातामा कति रकम छ भन्ने खुलाइएको छैन। रकम भएर पनि उल्लेख नगरेको हो वा खातामा रकम नै नभएको हो भन्ने जानकारी विवरणमा छैन। उनको जल यातायात कम्पनी प्रालि, टेम्के सिलिचुङ सहकारी र खेम्पालुङ नेपाली हाते कागज उद्योगमा सेयर छ।

यस्तै, राज्यमन्त्री गुरुङले आफूसँग कृषि उत्पादनमा अलैंची, जडीबुटी, अन्नबाली रहेको र गाई, भैंसी, गोरु, भेडा, बाख्रा, कुखुरा र परेवासमेत रहेको विवरण बुझाएका छन्।

LEAVE A REPLY