नेपालमा चिनियाँ लगानी बढेपछि भारत चिन्तित

0
242

काठमाडौं, २५ माघ । नेपालमा चिनियाँ लगानी बढिरहेको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ ।

Advertisements

भारतीय पत्रिका नवभारत टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी समेत चीनकै रहेको देखाइएको छ । यो रिपोर्ट नेपालको अर्थ मन्त्रालयको तथ्यांकलाई आधार बनाएर तयार पारिएको हो ।

‘वैदेशिक लगानीको मामिलामा भारतसहित सबै देशलाई पछि पार्दै चीनले फेरि वर्चश्व जमाएको छ,’ टाइम्स अफ इण्डियाले भनेको छ- ‘चीन र नेपालबीच बढ्दो विश्वास प्रति दिल्ली जानकार रहेपनि कुनै ठोस कदम चालिरहेको छैन् ।’

रिपोर्टमा चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेको र भारतीय प्रभाव घट्दै गएको विश्लेषण गरिएको छ ।

आर्थिक वर्ष २०१५–२०१६ मा चीनको नेपालमा एफडीआई ४० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा उक्त लगानी ६८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख छ ।

‘नेपालको चालु आर्थिक वर्षमा प्रतिबद्धता गरिएको ७६.३९ मिलियन अमेरिकी डलरमध्ये चीनको मात्रै ५१.७७ मिलियन अमेरिकी डलर हिस्सा रहेको छ,’ रिपोर्टमा भनिएको छ– ‘नेपालमा वैदेशिक लगानी तीव्र पार्दै चीनले नयाँ रेकर्ड बनायो ।’

रिपोर्टका अनुसार भारतको नेपालमा १८ मिलियन डलर मात्रै लगानी छ र उ तेस्रो स्थानमा छ ।

LEAVE A REPLY