नेपालीले विद्युतिय मेसिनबाट भोट हाल्न सक्छन्ः प्रधानमन्त्री

0
212

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु प्रविधिको प्रयोग गर्ने सवालमा निकै अघि बढिसकेको भन्दै विद्युतिय मेसिनबाट मतदान गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले आगामी चुनावमा विद्युतिय मेसिन प्रयोग गर्नेबारे सुझाव लिन बोलाएको दलीय बैठकमा प्रचण्डले भने, ‘ केहि पहिले हुम्ला पुग्दा स्मार्ट फोनबाट फोटो खिचेको देखेको थिएँ । नेपालीहरु प्रविधिमा पछि छैनन् । स्मार्ट फोन चलाउन सक्ने अवस्थामा पुगेका नेपालीले भोटिङ मेसिन प्रयोग गर्न सक्छन् ।’
मेसिन प्रयोगबारे आयोग र सरकारले उचित निर्णय गर्ने बताउँदै प्रधानमन्त्रीले २१ औं शताब्दीको विषेशता नै विद्युतिय प्रणली भएकाले यसमा नेपाल पनि जार्नैपर्ने पक्षमा आफू रहेको बताए ।
विद्युतिय मेसिनको प्रयोगले निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र प्रभावकारी समेत बन्ने उनको भनाई छ ।
उनले सरकारले छिट्टै चुनावको मिति घोषणा गर्ने बताउँदै उनले भने, ‘चुनाव हुन्छ सरकारले आयोगलाई तयारी गर्न भनिसकेको छ । अब चुनावबारे कसैले पनि प्रश्न गरिरहनु आवश्यक छैन ।
उनले आयोगले चुनावको तयारीस्वरप नै आजको कार्यक्रम गरेको पनि बताए ।

Advertisements

LEAVE A REPLY