ट्रम्पलाई बेलायती संसदमा बोल्न नदिने

0
218

२५ माघ, काठमाडौं । हाउस अफ कमन्सका सभामुख जो बेर्कोले बेलायत भ्रमणमा आउन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यहाँको संसदमा बोल्नबाट वञ्चित गर्नुपर्ने धारणा राखेका छन् ।

Advertisements

संसदहरुलाई सम्वोधन गर्दै उनले जातिवाद र लिंगवादको विरोध गर्नु अत्यन्त विचारणीय रहेको बताए ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग गत महिना वाशिङटनमा भएको भेटपछि ट्रम्पको राजकीय बेलायत भ्रमण निश्चित भएको थियो ।

यो भ्रमण रद्द गर्ने माग गर्दै र भ्रमणलाई समर्थन गर्दै दिइएका दुई ज्ञापनपत्रमाथि यस महिनाको अन्त्यमा संसदहरुले बहस गर्नेछन् ।

लेवर र स्कटिस नेसनल पार्टी (एसएनपी)ले सभामुखको भनाइको प्रशंसा गरेका छन् तर आलोचकहरुले भने उनी तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् । हाउस अफ कमन्समा प्वाइन्ट अफ अर्डरमाथि जवाफ दिने क्रममा बेर्कोले ट्रम्पलाई संसदमा बोल्न दिनु नहुने पक्षमा आफूलाई उभ्याएका थिए ।

संसदहरुलाई उनले भने, ‘लर्ड्स र कमन्समा सम्वोधन गर्ने अवसर अतिथिले स्वतः पाउने अधिकार नभएर हामीले दिएको सम्मान हो । आप्रवासन प्रतिवन्ध अगाडि म ट्रम्पलाई वेस्टमिनिस्टर हलमा सम्वोधन गर्न दिने कुराको सख्त विरोधमा हुन्थेँ । आप्रवासन प्रतिवन्धपछि म झन् सख्त विरोधमा छु ।’

ट्रम्पको राजकीय भ्रमण रद्द हुनुपर्ने माग राख्दै आएका लेवर पार्टीका नेता जेरेमी कोर्बिनले बोर्केको अभिव्यक्तिलाई स्वागत गरेका छन् ।

लिबरल डेमोक्रेटिक नेता टिम फारोनले पनि ट्रम्पलाई स्वागत नगरिने बताए ।

तर, यूकेआईपीका नेता निगेल फारागले बेर्कोले आफ्नो पदको दुरुपयोग गरेको भन्दै यसबाट एउटा सम्मानित संस्थाको मानमर्दन भएको आरोप लगाए ।

ट्रम्पले गर्ने भनिएको बेलायत भ्रमणको तिथि टुंगो लागिसकेको छैन भने उनलाई संसदमा बोल्न दिनेबारे कुनै प्रस्ताव सरकारले छलफलमा ल्याएको छैन ।

सात मुस्लिम राष्ट्रहरुका नागरिकमाथि लगाएको यात्रा प्रतिवन्धको आलोचना गरेकी प्रधानमन्त्री थेरेसा मेले ट्रम्पलाई भ्रमणको निम्तो दिने आफ्नो कदमको प्रतिरक्षा गरेकी छिन् । डाउनिङ स्टि्रटले भनेको छ, ‘हामी यो वर्षको उत्तरार्द्धमा अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न आतुर छौं । भ्रमणको तिथि र कार्यक्रमबारे दुवै पक्षबीच छलफल जारी रहनेछ ।’

LEAVE A REPLY