जर्मनीका पूर्व विश्वकप विजेता लाहमले सबैखाले फुटबलबाट सन्यास लिने

0
235

काठमाडौँ ।  जर्मनीका पूर्व विश्वकप विजेता कप्तान फिलिप लाहमले सिजनको अन्त्यपछि सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । जर्मन बुन्डेस लिगा क्लब वायर्न म्युनिखका कप्तान समेत रहेका फिलिप लाहमले मंगलबार सन्यासको घोषणा गरेका हुन् ।

Advertisements

मंगलबार राति जर्मन कप फुटबलको अन्तर्गत अन्तिम १६ को खेलमा उल्फबर्गलाई हराएपछि कप्तान लाहमले सबै किसिमका फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उक्त खेलमा उल्फबर्गलाई १–० ले पराजित गर्दै वायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलपछि सन्यासबारे घुमाउरो पारामा लाहमले भने, “मेरो पुरानै स्टाइलको नेतृत्वलाई म निरन्तरता दिन सक्छु,  म हरेक दिन आफ्नो तर्फबाट राम्रो प्रयास गर्न सक्छु । यो सबै यो सिजनको अन्त्यसम्म,“ लाहमले थपे, “तर, यो सिजनको अन्त्यसम्म मात्र म यस्तो गर्न सक्छु,  त्यसपछि सक्दिन ।“
३३ बर्षिय लाहमले वायर्न म्युनिखसँगको सम्झौता एक वर्ष बाँकी रहदै सन्यासको घोषणा गरेका हुन् ।

लाहमले वायर्न म्युनिखबाट अहिलेसम्म पाँच सय एक खेल खेलेका छन् । वायर्न म्युनिखको युवा टिमबाट आएका लाहमले सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका थिए ।  लाहमले आफ्नो क्लब फुटबलको करियरमा वायर्न म्युनिखबाट सात पटक बुन्डेस लिगा, एक पटक जर्मन कप र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यस्तै लाहमले जर्मनीलाई आफ्नो कप्तानीमा सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।  जर्मनीका लागि एक सय १३ खेल खेलका लाहमले सन् २०१४ को विश्वकपपछि नै अन्तर्रा्ष्ट्रिय फुटबलबाट भने सन्यासको घोषणा गरेका थिए ।

LEAVE A REPLY