चिनीको मूल्य वृद्धि

0
217

चिनीको मूल्यमा १० रुपैयाँ वृद्धि भएको छ । एक साताअघि मात्रै चिनीको खुद्रा मूल्य ८० रुपैयाँ प्रतिकेजी रहेकोमा हाल उपभोक्ताले चिनीको खुद्रा मूल्य ९० रुपैयाँ प्रतिकेजीका दरले किनिरहेको छन् ।

Advertisements

यस वर्ष उखुको उत्पादन कम भएको तथ्यांक देखाउँदै चिनी मिलहरूले एक साताकै अवधिमा प्रतिकेजी ६ रुपैयाँ मूल्य वृद्धि गरेपछि थोक बिक्रेता हुँदै खुद्रा मूल्यसम्म आइपुगुन्जेल अहिले ९० रुपैयाँमा चिनी बिक्री वितरण भइरहेको छ ।

स्वदेशी उत्पादन कम हुने र सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको स्टक कम भएको जानकारी पाएपछि चिनीको मूल्य बढाइएको हो । कर्पोरेसनसँग अहिले ३ हजार टन चिनी मात्रै मौज्दात छ । कर्पोरेसनले अहिले पनि ७९ रुपैयाँमा थोक बिक्रेतालाई चिनी बिक्री गरिरहेको छ । चिनी उत्पादकहरूले भने प्रतिकेजी ८६ रुपैयाँमा थोक बिक्रेतालाई बिक्री गरिरहेका छन् ।

उत्पादकहरूले मूल्य बढाएपछि खुद्रा व्यवसायीले पनि त्यहीअनुसार मूल्य समायोजन गरेर ९० रुपैयाँ खुद्रा मूल्य कायम गरेका हुन् । गत १५ माघसम्म प्रतिकेजी ८० रुपैयाँका दरले बिक्री भइरहेको चिनी उत्पादकले २० माघअघि नै प्रतिकेजी ६ रुपैयाँ चिनीको मूल्य बढाएका थिए । अहिले बजारमा देखिएको यस्तो गतिविधिप्रति सम्बन्धित निकाएको ध्यान नगएका कारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

 

LEAVE A REPLY