राधिका हत्यामा संलग्नलाई कारबाहीको माग

0
176

राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलनमा उत्रेका छन्।

Advertisements

राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन्।

यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो। हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो।

हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन्। दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताइन्। रासस

LEAVE A REPLY