महाभियोग सिफारिस समितिको लोकमानलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष

0
244

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको छ।

Advertisements

महाअभियोग सिफारिस उपसमितिले बुधबार बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका कार्कीलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको हो। समितिले कार्कीमाथि लगाइएको महाअभियोग छानबिन गर्न उपसमिति गठन गरेको थियो।

कार्की बहला रहेको बेला दिइएको आदेश, लिइएका निर्णय र गरिएका पत्राचारलाई आधार बनाउँदा उनीमाथि लगाइएको महाअभियोग पुष्टि भएपनि पदमुक्त भईसकेकाले संसदले महाअभियोग लगाइरहन नपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन बुझाएपछि उपसमितिका संयोजक रामनारायण बिडारीले सर्वोच्च अदालतको आदेशअनुसार पदमुक्त भईसकेका व्यक्तिलाई संसदमा महाअभियोग लगाइरहन नपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको जानकारी दिए।

कार्कीले पदमा रहँदा गरेका गैरकानुनी कामविरुद्ध भने राज्यले मुद्दा दिन पाउने पनि प्रतिवेदनमा उल्लेख छ। पदमा रहेका बेला भएका गैरकानुनी काममा मुद्दा हाल्न पाउने उपसमितिका संयोजक बिडारीले बताए।

LEAVE A REPLY