माओवादी पनि थ्रेसहोल्डको विपक्षमा:‘प्रचण्ड’ले थ्रेसहोल्ड अहिले आवश्यक नरहेको प्रतिक्रिया

0
244

 

काठमाडौं, २६ माघ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थ्रेसहोल्ड अहिले आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

Advertisements

थ्रेसहोल्ड विवादले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०७३ राज्य व्यवस्था समितिमा अड्किएका बेला बुधबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले तत्कालै थ्रेसहोल्ड र त्यसम्बन्धी ऐन, नियम तथा कानूनहरु आवश्यक नरहेको बताएका छन् । ‘थ्रेसहोल्डसम्बन्धी ऐन अहिले भर्खर आवश्यक छैन्,’ प्रधानमन्त्रीले भने ।

व्यवस्थापिका–संसद्का प्रवक्ता डा भरतराज गौतमका अनुसार राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट पारित भएको अवस्थामा अनिवार्य थ्रेसहोल्ड लागु गर्नुपर्ने हुन्छ । तर, थ्रेसहोल्ड विवादले विधेयक अगाडि बढ्न सकेको छैन् ।

थ्रेसहोल्ड भन्नाले राजनीतिक दलहरुले राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्ने न्यूनतम मत सीमा हो ।

अहिले बाहिर आएका समाचारमा निवार्चनमा ३ प्रतिशत थ्रेसहोल्ड राख्न प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाबीच सहमति भइसकेको उल्लेख छ । तर, प्रधानमन्त्री प्रचण्डले बुधबार गृह जिल्ला पुगेर थ्रेसहोल्डको किन विरोध गरे ? यो चासोको विषय बनेको छ ।

को को छन् थ्रेसहोल्डको विरोधमा ?

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२ दलमध्ये साना १६ दल थ्रेसहोल्डको विपक्षमा उभिएका छन् । र, प्रधानमन्त्रीको भनाइले यसमा अब माओवादी केन्द्र पनि थपिएको बुझिन्छ । यसअघि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा भने कम्तीमा तीन प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा रहेको समाचार आएको थियो ।

आगामी माघ ७ गतेभित्र संविधानले परिकल्पनाअनुरुप सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बाँकी कानुन निर्माण गर्ने सन्दर्भमा थ्रेसहोल्ड अहिले तगारो बनिरहेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा एक सीट प्राप्त गर्ने वा समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्ने पार्टीलाई राष्ट्रिय दलको मान्यता दिने कि भन्ने विषयमा दलहरुबीच अहिले बढी गृहकार्य भइरहेको बुझिएको छ ।

माओवादी केन्द्रलाई ‘चुनावमा हार्ने डर’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख दलबीच थ्रेसहोल्ड राख्ने विषयमा सहमति भइसकेका बेला विपक्षमा उभिएपछि पार्टी चुनावमा हार्ने डरले बोली फेरेको टिप्पणी हुन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले आगामी चुनावमा ‘कांग्रेस हाफ, माओवादी केन्द्र साफ’ हुने बताइरहेका बेला प्रधानमन्त्री थ्रेसहोल्डको विपक्षमा उभिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

LEAVE A REPLY