कांग्रेस पूर्व सभापती तथा सबिधान दाता पूर्व प्रधानमन्त्री सुशील कोईरालाको पहिलो पुन्य तिथी

0
222

काठमाडौ –सत्ता साझेदार नेपाली काँग्रेसले देशभर निर्वाचन अभियान संचालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक निर्वाचनमा गईसकेको भन्दै कार्यकर्ताहरुलाई देशभर चुनावी अभियान संचालन गर्न निर्देशन दिएका हुन् ।

Advertisements

पार्टीका तत्कालिन सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोईरालाको स्मृतिमा पार्टी कार्यलय सानेपामा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन समयमै हुने दावी समेत गरे । ‘केही समयभित्रै पार्टी केन्द्रिय समितिले निर्वाचनको एजेन्डा तय गर्छ, एक वर्ष भित्र तीनवटै तहको निर्वाचन हुन्छ, तपाईहरु ढुक्क भएर चुनावमा लाग्नुस ।’

सभापति देउवाले स्थानीय तहकै निर्वाचन हुने जीकिर समेत गरे । ‘अव संविधान अनुसार स्थानीय तहकै निर्वाचन हुन्छ, सथानीय तहको निर्वाचन सम्पन्न गरेमात्र संविधान कार्यान्वयन हुन्छ, संविधान कार्यान्वयन भएमात्र पार्टीका तत्कालीन सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जली पनि हुनेछ । ’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए ।

पौडेलले भने,‘संविधान जारी गर्ने बेला पार्टीका तत्कालीन सभापति सुुशील कोइरालाले लिनु भएको दृढता पुरा गर्न पनि चुनाव गर्नुपर्छ । तर त्यसका लागि सरकारले चुनावको मिति तत्काल घोषणा गर्नुपर्छ ।’

पौडेलले काँग्रेसले संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन सम्पन्न गर्ने अठोट लिनुपर्ने पनि बताए । उनले निर्वाचनको तयारीका लागि देशभर अभियान संचालन गर्न पार्टी केन्द्रिय समितिको बैठक बोलाउन सभापति देउवालाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन समयमै सम्पन्न गर्न सके शुशिल कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।

कोईरालालाई नेपाली राजनीतिमा त्यागी र संघर्षशील नेताको रुपमा लिइन्छ ।

LEAVE A REPLY