म्याड्रिडलाई रोक्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा

0
232

बार्सिलोना – ९ खेलाडीमा सिमित बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोक्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।समग्रमा ३–२ को जीत निकाल्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।लुइस सुवारेज पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा १–० तथा समग्रमा ३–१ को अग्रता दिलाए ।

Advertisements

दोस्रो हाफमा सर्जी रोबर्टोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सिलोना १० खेलाडीमा सिमित हुन पुग्यो ।यसपछि, एन्टोनिया ग्रिजमानले गोल फर्काएपनि रेफ्री गलत निर्णय गर्दै उनलाई अफसाइड बताएको थियो ।निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा एथ्लेटिको म्याड्रिडका याकिन कारास्कोले पनि दोस्रो कार्ड खाँदै मैदान छाड्नुपरेपछि दुवै टोली १० खेलाडीमा सिमित बन्यो ।

अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका केभिन गामेरियोले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपनि खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए ।लियोनेल मेस्सीले प्रहार गरेको फ्रिकक पनि पोष्टमा लागेको थियो ।गोलकर्ता सुवारेजले पनि खेलको अन्त्यमा रातो कार्ड खाएका थिए । उनले अब फाइनल खेल्न पाउनेछैनन् ।डिफेन्डिङ च्याम्पियन बार्साले अब सेल्टाभिगो र आलाभेजको विजेतासँग फाइनलमा भिड्नेछ ।

LEAVE A REPLY