यस बर्षको बजेट अधिवेशन संसदीय इतिहासमै लामो

0
237

काठमाडौ–यस बर्षको बजेट अधिवेशन संसदीय इतिहासमै लामो अधिवेशनका रुपमा चित्रित हुने भएको छ ।

Advertisements

बजेट अधिवेशन लम्बिदै जाँदा त्यससम्बन्धि सैद्धान्तिक मान्यताहरु ओझेल पर्दै गएका छन् । संसदीय अभ्यासमा चित्रित हुदै आएको बजेट अधिवेशनमा बजेट प्रस्तुत गर्ने तथा पास गर्ने र हिउँदे अधिवेशनमा राज्यका विभिन्न निकाय संचालनका लागि आवश्यक पर्ने नीति नियम, कानुन तथा विधेयक बनाउने जिम्मेवारी हुन्छ । तर, यस पटक भने बजेट अधिवेशन लम्बिदै गई हिउँदे अधिवेशनले गर्ने काम पनि यही अधिवेशनमा भइरहेको छ ।

संविधानमा व्यवस्था भए बमोजिम निर्धारित समयभित्र नयाँ कानुन बनाउनुपर्ने, संशोधन गर्नुपर्ने तथा विभिन्न नीतिनियम बनाउनुपर्ने भएकाले व्यवस्थापिका संसदको बजेट अधिवेशनको अवधि लम्विएको संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमको भनाई छ ।

बैशाख २१ गते बाट सुरु भएको यसबर्षको बजेट अधिवेशन फागुनबाट ११ औ महिना प्रवेश गर्दैछ । यस बीचमा यो अधिवेशनले निर्वाचन सम्बन्धी ४ सहित विभिन्न १३ वटा विधेयक पारित गरेको छ ।

त्यसैगरी २५ वटा विधेयक छलफलकै प्रक्रियामा छन् । संक्रमणकाल र संविधान कार्यान्वयनका दृष्टिले हेर्दा बजेट र हिउँदै अधिवेशनलाई सामान्य अवस्थाको सैद्धान्तिक ढाँचा भित्र मात्रै रहेर बुझ्न नहुने संसद सचिवालयको तर्क छ ।
संसदीय अभ्यासमा प्रि बजेटमाथिको छलफल, बजेट प्रस्तुत र पास गर्ने काम बजेट अधिवेशनबाट र नीति नियम विधेयकहरु ल्याउने तथा त्यसमाथिको छलफल गर्ने काम हिँउदे अधिवेशनमा हुदै आउने गरेका छन् ।

LEAVE A REPLY