हलिउडकी चर्चित गायिका माइलीले घरमै गरिन लक्ष्मीपूजा

0
212

एजेन्सी । हलिउडकी चर्चित गायिका तथा एक्टर माइली सायरस अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केही दिन पहिले उनको केही बोल्ड फोटोहरु भाइरल समेत भएका थिए । तर, अब उनले अहिले केही फरक गरेकी छन् । जसले पुरै हिन्दूको शिर उचो भएको छ ।

Advertisements

अमेरिकामै बस्ने माइली त्यहींको सभ्यतालाई मान्ने भएपनि भर्खरै आफ्नो घरमा लक्ष्मीपूजा गरेकी छन् । यसैक्रममा माइलीले आमालाई लक्ष्मी पूजाको प्रसाद पनि बाँडेकी छन् । साथै घरमा दिपावली पनि गरेकी छन् ।यति मात्रै नभई घरलाई फूल र अगरबत्तीले सजाएकी छन् । उनले पूजा गरेको फोटोहरु इन्स्टाग्राम एकाउन्टमा पनि शेयर गरेकी थिइन् ।

माइलीले यस पूजाका लागि पण्डितलाई पनि बोलाएकी थिइन् । पप गायिका तथा कलाकार माइली सायरसको जन्म २३ नोभेम्बर, १९९२ मा फ्रेकलिन अमेरिकामा भएको थियो । २५ वर्षीया सायरस डिज्नी च्यानल सीरीज हैना माण्टेनामा मुख्य कलाकारको रुपमा मानिन्छन् ।माइलीले ९ वर्षको उमेरदेखि अभिनय सुरुवात गरेकी थिइन् । २००३ मा टीम बर्टनको ‘बिग फिश’ मा यङ्ग रूथीको भूमिकामा देखिएकी थिइन् ।

LEAVE A REPLY