अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोगले हिल्टन होटलका कागजात नियन्त्रणमा

0
231

२७ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्शालमा निर्माणाधीन डबल ट्री हिल्टन होटलको कागजात काठमाडौं महानगरपालिकाबाट नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन समेत गरेको छ ।

Advertisements

 

होटल निर्माणमा आर्थिक अनियमितता भएको आशंकामा छानबिनका लागि बिहीबार बिहान कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो ।

यसअघि व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले पनि महानगरपालिकाले हचुवाको भरमा निर्माण अनुमति दिएको निष्कर्ष निकालेको थियो । सुशासन तथा अनुगमन समितिले पनि त्यसबारे छानबिन गरिरहेको छ ।

होटल निर्माणको क्रममा नक्शाल-भगवतीबहाल सडक भासिएको छ । सडक भासिएपछि करिब एक महिनादेखि सो सडकमा यातायातका साधन चल्न सकेका छैनन् । निर्माणस्थल वरपरका घरहरुसमेत चर्किएका छन् । स्थानीयबासीले निर्माण कम्पनिलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

जगदम्बा हस्पिटालिटीले होटल निर्माणको जिम्मा लिएको छ । तर उसले ठूला संरचना बनाउँदा आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरेको आरोप लागेको छ ।

LEAVE A REPLY