दाउदका एजेन्ट होदा भारतलाई बुझाउन सकिँदैन:नेपाल प्रहरी

0
273

२७ माघ, काठमाडौं । अण्डरवर्ल्ड डन दाउद इब्राहिमका नेपाली एजेन्ट सम्सुर होदाबारे भारतीय प्रहरीले चासो देखाएको छ । उसले कानपुर रेल दुर्घटनामा होदा संलग्न भएको भन्दै भारतलाई सुम्पन माग गरेको छ ।तर, नेपाल प्रहरीले भने उनीविरुद्ध नेपालमै अपराध गरेको अभियोग रहेकाले सुपुर्दगी नगरिने बताएको छ ।

Advertisements

 

नेपाल-भारतवीच त्यसरी एक देशका नागरिकलाई अर्को देशलाई दिने कुनै कानुनी व्यवस्था नभएको विषेश ब्युरोका डीआईजी बमबहादुर भण्डारी बताउँछन् । उनले भने, ‘होदालाई हामीले बारामा दुई भारतीय नागरिकको हत्या गरेको आरोपमा पक्राउ गरेका हौं । उनलाई नेपालमै कारबाही हुन्छ ।’दुई भारतीय नागरिक हत्याको आरोपमा जिल्ला अदालत बारामा मुद्दा दर्ताका लागि म्याद थप भइसकेको छ ।

अदालतबाट म्याद थप भइसकेको अवस्थामा होदालाई कतै बुझाउने सम्भावना नरहेको डीआईजी भण्डारीले बताए ।होदा भारतलाई सुम्पन आग्रह गरेपनि नेपालले नमानेको भारतको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने नेशनल इन्भेष्टिगेसन एजेन्सी स्रोतले उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार अब भारतीय अधिकारीहरु नेपालमै आएर उनीसँग सोधपुछ गर्नेछन् ।

कानपुरमा भएको रेल दुर्घटनामा होदाको संलग्नता रहेको भारतीय प्रहरीको आशंका छ । यो घटनामा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको संलग्नता रहेको र होदाले उसका लागि काम गरेको हुनसक्ने भारतीय दाबी छ ।

NO COMMENTS

LEAVE A REPLY