दुई मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
202

चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

Advertisements

गएराति ८ः३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाईते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग ८ प ६५६७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। लगत्तै पुनः ग ९ प ५३५१ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

उनको उपचारका क्रममा गएराति करिब ९ः३० बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ। शव भरतपुर अस्पतालमै राखिएको छ। रासस

LEAVE A REPLY