पाँचौं चरणमा लेष्टर सिटी

0
238

काठमाडौं । साबिकको इंग्लिश प्रिमियर लिग बिजेता लेष्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको चौथौ चरणको रिप्ले खेलमा डर्बी काउन्टीलाई अतिरिक्त समयमा ३ – १ ले पराजित गर्दै लेष्टरले पाँचौं चरणमा स्थान बनाएको हो ।

Advertisements

घरेलु मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन एण्डी किङ, विल्फ्रेड एनडिडी र डिमेराई ग्रेले एक एक गोल गरे । डर्बीका अब्डोउल कामाराले एक गोल फर्काए ।

किंग्स पावर स्टेडियममा पहिलोमा हाफमा गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने लेष्टरले सुरुवाती अग्रता लिएको थियो । खेलको ४६ औ मिनेटमा एण्डी किङले गोल गर्दै लेष्टरलाई सुरुवाति अग्रता दिलाए ।

तर, खेलको ६१ औं मिनेटमा डर्बीका लागि अब्डोउल कामाराले बराबरी गोल फर्काए । त्यसपछि खेलको निर्धा्रित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा लेष्टरले थपदुई गोल गर्दै जित  निकाल्यो । थप गरिएको समयको चौथो मिनेटमा विल्फ्रेड एनडिडीले गोल गर्दै लेष्टरलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११४ औं मिनेटमा डिमेराई ग्रेले गोल गरेपछि लेष्टरले ३–१ ले खेल जित्दै पाँचौ चरणमा स्थान पक्का गर्यो ।
एफए कप अन्तर्गत चौथो चरणको पहिलो खेलमा दुई टोलीले २ – २ गोलको बराबरी खेलेपछि रिप्ले खेल भएको हो ।

LEAVE A REPLY