एएफसी एसिया कप २०१९ खेल्ने प्रारम्भीक खेलाडी छानिए:३६ जना खेलाडी छानेर बन्द सत्रमा राख्ने

0
249

आगामी मार्चमा फिलिपिन्समा हुने एएफसी एसिया कप २०१९ छनोटका लागि नेपालले ३६ जना खेलाडी छानेर बन्द सत्रमा राख्ने भएको छ। नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक ग्यातुकी कोजीले बिहिबार यु २३ वर्षका अधिकांश खेलाडी समेटेर छनोट गरेका छन्।

Advertisements

एएफसी सोलाडिरिटी कप विजेता सबै  खेलाडी समेटेर छानिएका ३६ खेलाहलीहरूको बन्द प्रशिक्षण आगामी आइतबारदेखि हुने भएको छ।

यद्यपी मनाङ मर्स्याङ्दीले  बंगलादेशमा हुने एसके कमल इन्टरनेशनल कप खेल्ने भएकाले बंगालादेशबाट फर्किएपछि मात्र मनाङका खेलाडीले बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।

मार्च २८ तारिकमा मनिलामा नेपालले पहिलो खेल घरेलु टोलीसँग खेल्ने भएको हो।

नेपालको समूहमा  यमन, ताजकिस्तान र फिलिपिन्सलाई प्रतिस्पर्धी  छन्। ग्वामले नाम फिर्ता लिएपछि एएफसी सोलिडारिटी कपको विजेता भएको नाताले एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो ।

नेपाल रहेको समूहमा परेका फिलिपिन्स फिफा वरियतामा १२२ औं स्थानमा, ताजकिस्तान १ सय ३२ औं स्थानमा र यमन १४९ औ स्थानमा छन् । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

खेल होम एण्ड अवेका आधारमा हुनेछन्। नेपालले पहिलो खेल आगामी मार्च २८ मा फिलिपिन्ससँग फिलिपिन्समै खेल्नेछ । यस्तै दोस्रो खेल जुन १३ मा यमनसँग नेपालमा हुने छ । तेस्रो खेल सेप्टेम्बर ४ तारिखमा ताजिकिस्तानसँग नेपालमा हुनेछ।

चौथो खेल अक्टुबर १० का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा हुने । पाँचौ खेल फिलिपिन्ससँग नोभेम्बर १४ का दिन नेपालमा हुने छ । अन्तिम खेलमा नेपालले यमनसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

अन्तिम चरणको छनोटमा २४ टिम छन् । चार-चार टिमको ६ समूह बनाइएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन्। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनौटको अन्तिम चरणमा पुगेका १२ देश यसअघि छानिइसकेका छन् ।

LEAVE A REPLY