बोली

0
272

रचनाकार यूवाकवी :दुर्गाप्रसाद पोख्रेल
————————–
म बोल्न चाहन्न
तिमी नबोली हुन्न भन्छौ
बोली मोतीका दानाहरू हुन्
व्यर्थका वार्तालापहरूमा किन खर्चनू ?

Advertisements

‘बोल्नेहरू न बुद्ध बने
न त जुद्ध बने न त शुद्ध बने
केवल अवरुद्ध र क्रुद्ध बने’
जान्नेहरूले यस्तै भने ।

म के बोलूँ ?
न म ज्ञाता हूँ
न विधाता हूँ
तिमी नै भन
म किन बोल्नुपर्छ ?
मैले के बोल्नुपर्छ ?

बोलीहरू गोलीहरू जस्तै हुन्
म कसलाई बोलेर मारूँ ?
बोलीहरू आँसुहरू जस्तै हुन्
म कसका निम्ति किन झारूँ ?

म कत्ति बोल्न चाहन्न
तिमी मूक रहन दिन्नौ
म बोलूँ र नबोलूँमा
असरल्ल छु
मेरो बोली कुनै बालकको बड्बडाहटभन्दा कम छैन
मलाई थाहा छ मेरो बोलीमा बोली हुनुको कुनै दम छैन ॥

LEAVE A REPLY