जग्गा नेपालको, मनोमानी भारतको

0
361

संकल्प पोष्ट,

२८ माघ २०७३
शुक्रवार ।

Advertisements

यो स्थान हो नेपालको पूर्वी नाका काकडभिट्टास्थित मेचिखोला पूल यतापट्टिको जग्गा बाङ्गेबजार। यो स्थान पूर्णरुपमा नेपालको हो तर यहाँभने मनोमानी भारतियको चल्दछ। यस जग्गामा एकफेर सरसर्ती घुम्नुभयो भने नेपाली नम्बरप्लेटका सवारी तपाईंले कदापी पाउनुहुनेछैन। यहाँ पश्चिम बंगाल र आसाम राज्यका सवारीको नै मनोमानी छ। मैले एकजना स्थानिय नेपाली महिला जसले सोही स्थानमा सानो चिया पसल खोलेर बसेकी थिईन, उनैलाई यस जग्गाको बारेमा सोद्धा उनले यतिमात्र बताईन कि जग्गा त नेपालको हो, तर नेपालीले उपभोग गर्न पाएकै छैनन। यसैगरी स्थानिय एक नेपाली ट्याक्सीचालकसंग आफ्नो जग्गामा तपाईंले ट्याक्सी पार्किङ्ग नगरेर किन बाटोको छेऊँमा रोक्नुभएको नि भन्ने मेरो जिज्ञासामा उनले भने- के गर्नु बाबु, आफ्नै प्रशाषन निरीह र लाचार भैदिंदा आफ्नै भूमीमा पनि हामी विरानो हुनुपरिरहेको छ। उनले मेचिखोला पुलतिर औंला तेर्स्याउंदै भने- ऊ त्यो आधी खोलाबाट यताको सवै जग्गा नेपालको हो, तर उ त्यहाँ ( पूलमूनीको बाँझो खेत) हेर्नुहोस त भारतिय प्रहरीले कसरी जनावर धपाईरहेको छ आफ्नै भूमीझैं गरेर। खासमा त त्यो जग्गा खसोखास नेपालतिर पर्दछ, तर के गर्नु नेपालीलाई त्यहाँ देखिसहन्नन, प्रशासनले हिम्मत गर्दैन, त्यसैले यो जग्गा अलपत्र परिरहेको छ। उनले आक्रोसित भावमा आफ्नो गुनासो पोखे। खासमा मेचीखोलाको आधा भागदेखीको यताको भाग नेपालको पर्ने भएतापनि नेपाली प्रशाषनको यथोचित चासो र पहल नहुंदा यो जग्गामा भारतिय तस्करहरुको हालीमुहाली रहिआएको छ। ढुंगागीटी, बालुवादेखी लिएर बगेको पानीसमेतमा उतैको मनोमानी रहेको छ। खास गरेर बांङ्गेबजारमा भारतिय सवारीसाधनको मनोमानी हुनु र नेपाली सवारीहरुलाई उक्त स्थानमा प्रवेश नपाउनुले हाम्रै कमजोर एवं लाचार प्रशासनको कारण ठम्याउंछन काकडभिट्टामा विगत १७ बर्षदेखी होटल संचालन गर्दै आएका भिमसेन तामाङ्ग। यसो त काकडभिट्टामा पैसा सटहीदेखी लिएर होटल लजमा चरम ठगीको धन्दा पनि चल्दै आएको छ। भारु होस या नेरु पैसा सटही गर्दा चरम ठगिंदै आएका छन सेवाग्राहीहरु। चर्को शुल्क लिएर पैसा सटहीदेखी लिएर बस टिकट र होटल बुकिङ्गसम्म ग्राहकहरु बारम्बार ठगिंदै आएका छन।

यसवारेमा हामिले जिल्ला प्रशाषन कार्यालय झापामा बुझ्न खोज्दा यसवारेमा आफुहरुले केही बताउन नसक्ने, माथिकै आदेश यस्तो छ त हामी के पो गर्न सक्छौं र भन्ने जवाफ आएको थियो। भारतको यस्तो बलमिच्याईंपूर्ण रवैयामा स्थानिय राजनितिक दलका साथै माथिल्लो तहवाटै सहयोग भईरहेको छ, नाम उल्लेख नगर्ने शर्तमा सिमा सुरक्षामा खटिएका एकजना प्रहरीले खुलासा गरे।

LEAVE A REPLY