राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका मोहनचन्द्र अधिकारीको यू टर्न

0
354

२८ माघ, काठमाडौं । नेपालका नेल्सन मण्डेला भनेर चिनिने  झापा आन्दोलनका अगुवा एमाले नेता मोहनचन्द्र अधिकारी एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए ।राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी विहीबार राजावादीहरुको भेलामा सहभागी हुन पुगेका थिए । त्यहाँ उनले अध्यात्मिक र राजनीतिक रस घुलमिल भएको भाषण गरे । भाषणका क्रममा उनी राजतन्त्रको विषयमा मौन रहे, तर हिन्दू राज्यको दह्रैसँग वकालत गरे ।

Advertisements

सशस्त्र संघर्ष गरेर राजनीतिमा आएका मोहनचन्द्रले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तीखो आलोचना गरे ।  पश्चिमा मुलुकको लहैलहैमा लागेर केही साथीहरु जात-जातिबीच द्वन्द्व सिर्जना गर्न लागिपरेका छन् । राष्ट्र विखण्डन गर्न तम्सिएका छन् । फलस्वरुप तराई, हिमाल, पहाड बलेको छ । नाम लिएर भन्नुपर्दा यसका निम्ति सबैभन्दा बढी प्रचण्ड दोषी छन् ।। मेरो पार्टी एमालेका हिजोसम्म भात खान नपाउने साथीहरु आज आलिसान महलमा बस्नुहुन्छ । त्यो पैसा कहाँबाट आयो ?

प्रचण्ड कामरेडले धर्मनिरपेक्षता ल्याउनुभो । जातीय विखण्डन गराउनुभो । देशलाई हर तरहले खण्डित गराउदै हुनुहुन्छ । अहिले प्रधानमन्त्री हुनुभएको छ । प्रधानमन्त्री हुनुभन्दा पहिले भेट्ने मौका पाएको थिएँ । त्यतिबेला भनेको थिएँ, तपाईंले गलत विरुवा रोप्नुभएको छ । जातीयता र धर्मनिरपेक्षताका कुराहरु उठाएर नेपालको एकतालाई विथोल्नुभएको छ ।

प्रचण्डले आफ्ना सबै राजनीतिक सिद्दान्तलाई धोति लगाउँदै व्यक्तिगत पुँजी एकठ्ठा गर्नुभयो । अहिलेका राजनीतिज्ञमा सबैभन्दा धन कमाउने प्रचण्ड नै हुनुहुन्छ । उहाँले आफूले कमाएको धनको फस्र्यौट दिनुपर्छ । प्रचण्ड कामरेड आज ठूलो सुरक्षा घेराभित्र कैद हुनुपरेको छ । उहाँलाईर् तागत छ भने हामीजस्तै खुला भएर हिँडेर देखाउनुस् । हान्न त हामीले पनि हानेका हौं, तर खुल्लै हिँडिरहेका छौं । उहाँले जस्तो वाइसिएल लिएर हिँडेका छैनौं । विगतमा मधेसी पार्टीहरुको दबावमा ३५ लाख भारतीयहरुलाई नागरिकता बाँड्ने काम भयो । म त्यसको घोर विरोधी थिएँ । पैसामा बिकेर दुईजनाले सही गर्नेवित्तिकै नागरिकता पाइन्थ्यो

LEAVE A REPLY