चलचित्र ‘के म तिम्रो होइन र’मा कलेज पढ्दै प्रियंका

0
328

नायिका प्रियंका कार्की अहिले एक नयाँ नायकसँग कलेज पढ्न थालेकी छिन् । प्रियंकासँग कलेज पढ्न थालेका नायक हुन्, आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

Advertisements

आर्यन छोटो समयमा नै नेपाली चलचित्रमा आशालाग्दा नायकको रुपमा देखिदैछन् । उनी यतिबेला नायिका प्रियंका कार्कीसँग ‘बटरफ्लाई’ नामक चलचित्रमा काम गरिरहेका छन् । यो चलचित्रमा आर्यन र प्रियंका कलेजको पहिरनमा देखिएका छन् ।

ओम प्रतिकको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अर्पण थापा पनि मुख्य भूमिकामा छन् । पहिलो चलचित्रमा मरिष्का पोख्रेलसँग जोडी वाँधेका आर्यनले दोश्रो चलचित्रमा प्रियंका कार्कीसँग काम गरिरहेका छन् भने तेश्रो चलचित्रमा नायिका रेखा थापासँग काम गर्ने पक्का भैसकेको छ ।

छोटो समयमा नै देशका चर्चित नायिकाहरुसँग काम गरिरहेका आर्यनलाई चलचित्र क्षेत्रमा लामो रेशको घोडाको रुपमा हेरिएको छ ।

LEAVE A REPLY