एक आम युवतीले गरेको सामान्य ट्वीट जुन भयो भारतमा अहेलेसम्म कै लोक प्रिय

0
234

एक आम युवतीले गरेको एउटा सामान्य ट्वीटले भारतमा अत्यधिक लोकप्रियता कमाएको छ । उक्त ट्वीटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता सलमान खानको रेकर्डलाई पछि पारिसकेको छ ।ट्वीटरमा @candinam  ह्यान्डलबाट नम्रताले गरेको ट्वीट यति लोकप्रिय बनेको हो । उनले गरेको ट्वीट थियो, ‘आफ्नो एक्ससँग १० वर्षपछि गफ गरेँ । उसले सोध्यो, ‘मिस कि मिसेज ?’ मैले जवाफ दिएँ, ‘डाक्टर’ ।यो ट्वीट त्यस्तो असाधारण लाग्दैन । तर, ४० घन्टाको अन्तरालमा यो ट्वीट ९६ हजार पटक रि-ट्वीट भइसकेको छ ।रोचक के छ भने यो .नम्रताको मौलिक सिर्जना थिएन । उनले @thescribstories बाट कपी गरेकी थिइन् । सुरुमा उनले यो आफ्नै मौलिक भएको बताइरहेकी थिइन् । तर, पछि कपी गरेको स्वीकार गरिन् ।भारतमा सबैभन्दा बढि रि-ट्वीटको रेकर्ड शाहरुखको नाममा छ । उनले टि्वटरमा पोस्ट गरेको गायक जयन मलिकसँगको सेल्फीलाई एक लाख ५१ हजारपटक रि-ट्वीट गरिएको थियो ।

Advertisements

२०१४ मा मोदीले लोकसभा चुनाव जितेपछि गरेको ट्वीट ९० हजार पटक रि-ट्वीट भएको थियो । उनले लेखेका थिए, ‘भारतले जित्यो । राम्रा दिनहरु आउँदैछन् ।’यस्तै सलमान खानले गरेको ट्वीट ४५ हजारपटक रि-ट्वीट भएको थियो ।

LEAVE A REPLY