दोभानमा बिबाहको जीप पल्टीदा ४ जनाको मृत्यु , १६ जना घाइते

0
256

पाल्पाको दोभान गाविस ४ श्रीडाडाको चुनढुंगा खानी जाने बाटोमा बिबाहको बाजा समूह चढेको जीप पल्टीदा ४ जनाको मृत्यु भएको छ ।

Advertisements

१० जना गम्भीर सहित १६ जना घाइते भएका छन्। दुर्घटनामा परी पाल्पा देउरालीका पाल्पाका हरि प्रसाद राना, यमबहादुर राना, भीमबहादुर राना र जयबीर बागबरको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । लु १ ज २६८९ नम्बरको पञ्चेबाजा टोली बोकेको जीप दोभान ४ श्रीडाडामा बिहे सकेर हिजो राति ९ बजे श्रीडाडा गाउंभन्दा मूनि कच्ची बाटोबाट करिब सय ३० मिटर तल खसेको थियो ।

जीपमा देउराली युवा क्लब डान्सिड।टोलका २२ जना पञ्चेवाजा टोली बसेका थिए । घटनास्थल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डबाट ६ किलोमिटर भित्र पर्दछ ।

दुर्घटनापछि बुटवल प्रहरी एम्बुलेन्ससहित उद्धारका लागि पुगेको थियो । भीरमा ंअड्केका घाइतेको राति अबेर मात्रै उद्धार भएको थियो । घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल, चौराह अस्पताल भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । श्रीडाडाको घुम्तीमा एक्कासी जीपको ब्रेक फेल हुदा दुर्घटना हुदा जीप पल्टेको घाइते कृष्ण थापाले बताउनुभयो ।

LEAVE A REPLY