स्व. बि. यू. चुनाव नजिकिए सगै अस्कलमा अखिल र क्रान्तिकारीबीच झडप

0
263

२८ माघ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिंदै जाँदा क्याम्पसहरुमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद सुरु भएको छ ।ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच झडप भएको छ ।

Advertisements

कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्म मात्रै तोकेको थियो । तर, क्याम्पस प्रमुख राजु महाजुले आफुखुशी एक दिन भर्ना मिति बढाएर बिहीबारसम्म पुर्‍याए पछि विवाद भएको हो ।एमाले निकट अखिलले पूर्वसूचना विपरित क्याम्पस प्रमुखले आफु खुशी भर्ना मिति बढाएको भन्दै विरोध गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भने क्याम्पस प्रमुखको निर्णयलाई साथ दिएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।

समय थप भएसँगै ८ जना विद्यार्थी भर्ना हुन आएका थिए । उनीहरु सबै क्रान्तिकारीको तर्फबाट आएका हुन् ।सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र सिंह राठौरका अनुसार क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका छन् । हातपात गर्न खोज्ने विद्यार्थीलाई प्रहरीले तितरवितर पारेको छ भने सबै विद्यार्थी संगठनका प्रतिनिधि र क्याम्पस प्रमुखबीच वार्ता सुरु भएको छ ।

LEAVE A REPLY