राप्रपा महाधिवेशन को होला अध्यक्ष ?

0
263

काठमाडौं– वैकल्पिक राजनीतिक शक्ति बनाउने लक्ष्यसहित एकीकृत भएको राप्रपाको महाधिवेशन आउन एक साता बाँकी रहँदा तीन नेताले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । तर, भावी अध्यक्ष को होला ? स्पष्ट भैसकेको छैन ।वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । आफ्नो दावेदारीसँगै नेताहरुले तयारी पनि थालेका छन् ।

Advertisements

आगामी फागुन ६ देखि ९ गतेसम्म राप्रपाको एकता महाधिवेशन काठमाडौंमा हुँदैछ । तीनै नेताले औपचारिक रुपमा उम्मेद्वारी घोषणा नगरेको भएपनि आफ्नो पक्षमा माहोल तयार पार्न भित्रभित्रै तीब्र लबिङ थालेका छन् ।स्रोतका अनुसार अहिले तीन जनाले दाबेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा लोहनी या राणामध्ये एक जना पछि हट्ने सम्भावना रहेको छ । तर, थापा भने कुनै पनि हालतमा चुनाव लड्ने पक्षमा छन् । राप्रपा अहिले संसदमा चौथो ठूल दल हो ।

राप्रपा नेता दिलनाथ गिरीले चुनावको तयारी तीब्र रुपमा अघि बढिरहेको भन्दै थापाको पक्षमा माहोल बन्दै गएको दाबी गरे । थापा निकटका उनले भने, ‘अध्यक्षमा कमल थापा प्रवल दाबेदार हो । तर, हामी निर्वाचनबाट भन्दा पनि सर्वसम्मत अध्यक्ष चयनको प्रयासमा छौं ।’

तर, लोहनी भने लोकतान्त्रिक पद्धतीबाट अध्यक्षको चयन हुने र त्यसमा आफ्नो दाबेदारी रहेको बताउँछन् । आफूलाई देशभरका नेता कार्यकर्ताले अध्यक्षमा उठ्न सुझाव दिएकाले सोहि अनुसार अघि बढेको भन्दै छिट्टै उम्मेदारी घोषणा गर्ने बताए ।अर्का अध्यक्षका दाबेदार पशुपति शमशेर राणाले अध्यक्षमा दाबबेदारी प्रस्तुत गरेपनि बाहिर त्यति खुलिसकेका छैनन् । उनलाई प्रवक्ता ठाकुर शर्मालगायतले अध्यक्षमा लड्न सुझाएको बताइन्छ ।

राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा (राप्रपा र राप्रपा नेपाल) बीच एकीकरण भएको थियो । संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच यो एजेन्डालाई आउँदो महाधिवेशनमा टुंग्याइने छ ।पार्टीको महाधिवेशनबाट के एजेण्डा हुन्छ भन्ने सवालमा लोहनीले ‘राप्रपा कन्जरभेटिभ र सम्वर्द्धनवादी दल भएको’ भन्दै गणतन्त्रबाट पछि हट्ने संकेत ग

LEAVE A REPLY