अर्को आदेश नभएसम्म क्रसर उद्योग बन्द

0
269

नवलपरासी । नवलपरासीका खोलाहरुमा ठेक्का नलगाइएको अवस्थामा पनि जिल्लामा संचालित क्रसर उद्योगहरुले धेरै मात्रामा नदीजन्य पर्दाथ थुपारेको भेटिएपछि जिविसले उद्योगमा रहेको समाग्रीको स्रोत खुलाउनकालागि एक हप्ता अगाडी परिपत्र ग¥यो ।

Advertisements

जिल्ला स्तरिय अनुगमन समन्वय समितिको निर्णयअनुसार जिविसले क्रसर उद्योगमा रहेका नदीजन्य पदार्थको स्रोत खुलाउन माघ १७ को म्याद दिएको थियो ।सो समय भित्र क्रसर व्यवसायीहरुले उद्योगमा भएको नदीजन्य पर्दाथको स्रोत खुलाउन नसकेपछि जिविसले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

नदीजन्य पर्दाथको अवैध उत्खनन् र नियन्त्रण गर्न खोज्दा सरुवा भएका स्थानिय विकास अधिकारी जिवलाल भुषालले गरेको कामको निरन्त्रता दिएका स्थानिय विकास अधिकारी युवराज कटेललाईले मंगलवारदेखि पूर्ण रुपमा उद्योग बन्द गर्न निर्देशन दिइएका हुन् ।

व्यवसायीहरुले भने सामग्रीहरुको नाप जाँच गरी परिमाण निकाल्न समय लाग्ने भन्दै केही दिनको म्याद माग गरेका छन् । अधिकारी कटेल भन्छनर,‘पाँच दिनभित्र स्रोत खुलाउन म्याद थपेका छौ’।सोमबार बसेको अनुगमन समितिको बैठकले माघ २२ सम्मका लागि समय दिइएको छ ।सो समयसम्म उद्योगहरु पूर्ण बन्द गर्नुपर्ने निर्णय गरिएको अधिकारी कटेलको भनाई छ । त्यससँगै अर्को आदेश नभए सम्मका लागि सबै नाका शिल गरेर सामग्री असोरपसार बन्द गरिने कटेलले बताए ।

थप गरिएको समयभित्र पनि स्रोत नखुलाए सबै सामग्री जिविसको हुने र लिलाम गरिने स्थानीय विकास अधिकारी कटेलले जानकारी दिए ।
दुई वर्षदेखि खोलाहरुमा ठेक्का नलागेको भन्दै जिविसले १० दिनको समय दिएर क्रसर उद्योगमा रहेका सामग्रीको संकलन बारे स्रोत खुलाउन पत्रचार गरेको थियो । क्रसर उद्योग बन्द भएपछि जिल्लामा निर्माण भईरहेका आयोजना र व्यक्तिका निर्माण कार्यसमेत प्रभावित हुने देखिएको छ ।

स्थानीय विकास अधिकारी कटेलका अनुसार जिल्लामा सञ्चालित १२ उद्योगहरुमा आठ लाख ७ सय ५९ घनमिटर नदीजन्य पदार्थ मौज्जाद रहेको पाइएको छ ।

उद्योगहरुमा रहेका नदीजन्य पदार्थको परिमाण र अहिलेसम्म बिक्री भएको लगत संकलन गर्न जिविसले दिएको सयम अपुग भएकाले केही समय माग गरेको क्रसर व्यवसायी संघका जिल्ला अध्यक्ष रामु अधिकारीले बताए । उनले जिविसले दुई वर्षअघि लगाएको ठेक्काबाट खरिद गरी प्रमाणिकरण गरेका नदीजन्य पदार्थबाट क्रसिङ्ग गरिएको बताए । ‘विभिन्न समयमा भएका बन्द हड्तालका कारण सामग्री बिक्री नभएर धेरै देखिएको उनी बताउछन् ।
‘जिविसले पुन ः उद्योगहरुमा रहेका सामग्रीको नाप जाँच गरोस् भन्ने हाम्रो माग छ ,’अधिकारीले भन्छन्,‘उद्योगहरु जतिबेला पनि स्रोत खुलाउन तयार छन्’ ।‘अहिलेसम्म बिक्री भएका सामग्रीको परिमाणसहितको लेजर मेण्टेन गर्न केही दिन लाग्ने भएकाले जिविससँग समय माग गरिएका छौ उनी भन्छन्’,‘परिमाण धेरै देखिए हामी राजश्व तिर्न तयार छौं ’।

नवलपरासीमा संचालन भएका क्रसर उद्योगहरुको अहिले सम्म नविकरण नगरेको र मापदण्ड पुरा नगरि संचालन गरेको जिविसले जनाएको छ ।

LEAVE A REPLY