कविता-नदुखुन मनहरु कतै पनि यो जीवनमा

0
341

शोभा खतिवडा काफ्ले/

 

 

नवरड्गको त्यो इन्द्रेणि जस्तो ;सय रड्गकाहामी नेपालीको जीवनमा !
वसन्तको पालुवाले सिड्गारिएको यो हाम्रो
सुन्दर प्यारो जन्म भूमिमा!!
मनका रहर सेलाई नदिउन् मुटुका हरेक
खेत र हरेक गर्हामा !
मनले मनको साथ दियोस् है यीनै हाम्रा
जीवनकाहरेक मोडहरुमा !!१!!

Advertisements

मनहरु नदुखुन कसैगरी र कहिले पनि
यो हाम्रो जीवनको पथमा !
जहाँ रम्न खोज्छन हर मनहरु सफल
बनेर नै आफ्नो जीवनमा !!
कतै यीनै पथहरुमा मनहरुका बाधाहरु
पनि नछाइदिउन् !
हामी हिँड्ने हर बाटा र मोडहरु सद्दभावले
मात्र सँधै सँधै छाउन् !!२!!

हिमालबाट बग्ने चोखो पानी जस्तो होस्
हरेक हाम्रा यी मनहरु पनि !
त्यो हिमाल सरीनै उठ्ने चाहना पनि राख्दछ
यो हामी नेपालीको मनपनि !!
बाटो यो कस्तो होला नि भन्दै डराएर हिड्ने
गर्छ सँधै यो हाम्रो मन!
सद्दभावको साथ मात्रै नै पाओस् हाम्रो यो
प्यारो सुन्दर जीवन्!!३!!

असल मित्रको असलसाथ पनि खोज्छ सँधै
हाम्रो यो जीवन्!
असल शव्दको सुन्दर साथ पनि खोज्छ सँधै
हाम्रो यो तन र मन !!
यो देशकै सुन्दर अनि असल साथ पनि खोज्छ
हाम्रो यो जीवन् !
अनि मात्र पो त सफल बन्छु भन्छ है यो मुटु र
हाम्रो नै जीवन !!४!!

सुक्ख र खुसीमा हौसला देऊ भन्छ हरपलयो
हाम्रो मन र जीवन्!
धराबाट आकास छुन्छु तव म भन्छ यी हरेक
युवाहरुको वौद्दिक मन् !!
अव यसो गरेर सहयोग गरेमा वेदको ज्ञानले
विज्ञान हाँक्छन देशका युवा मन् !
सगरमाथा ग्रहमा खोज्न अनि पो त सक्छन यीनै
हाम्रा ज्ञानी हर युवा मन !!५!!

देशको पहिलो ध्यान शिक्षा र देशको विकासमा
नै हरपल जाओस्!
युवाहरुको जोश र जाँगरलाई नैतिक ज्ञानले
नै यो देशमा सजाओस्!!
पानीमा नै लगानी गरेर देशको मुहार फेर्नलाई
अव त सँधै सकिन्छ !
शिक्षाको क्षेत्रमा पहिलो प्राथमिकता देशमा
लगाउन पनि सकिन्छ!!६!!

पिडामा कठै भन्ने हर मनले खुसीमा असल साथ
पनि बाँड्दा हुन्थ्यो कति सुन्दर !
हुन्थ्यो सँधै सुखी यो जीवन अरुको खुशीमा पनि
हामी रमाएर हाँस्दा!!
सद्दभावको साथ देऊ तिमी यो धरामा बाँचेका
हरेक मान्छेहरुलाई!
उत्साह जाँगर पनि थपिदेऊ तिमी मनहरुलाई
सफल हुनलाई !!७!!

दुखमा कठै !भन्ने तिम्रो मन ;सुक्खमा आहा
पनि त रमाउँदै भनिदेऊन्!
पिडामा अरुको रोए जस्तो गरेझैँ सुक्खमा पनि
तिमी रमएर नै हाँसन्!!
मानिसको जीवन उपहार हो देवको फर्कन्न
कहिल्यै ऊ फेरि यो धरामा !
यो जीवन सार्थक पार्नलाई असल;भाव देऊ है ढिलो
नगरी कहिल्यै यो !!८!!

सुवास छरुन हरेक मनहरुले यो देशको पनि हरेक पाटोहरुमा !
मनका असल भाव पनि छरुन सबै मानिसका हरेक पिडाहरुमा !!
यसो गरेर सुक्खमा खुशीका शब्द छरुन हरेक हामी नेपालीमा!
मनको पिडा टाढा जान्छ बादल भन्दा पनि त्यो पारीको गाउँमा!!९!!

LEAVE A REPLY