एमालेको गैरजिम्मेवारपन र बेईमानीले मूलूक जटिलतामा गयोः काँग्रेस नेता कोइराला

0
275

नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमालेको गैरजिम्मेवारपन र बेईमानीले मूलूक जटिलतामा प्रवेश गरेको बताएका छन्। नेपाली काँग्रेस प्यूठान, बाँग्गेसाल गाउँ ईकाई समितिले आयोजना गरेको आमसभामा बोल्दै कोइरालाले एमाले पटक्कै संवेदनशील नबनेको बताए। एमालेले अहिले सत्ताको बार्गेनिङ गरिरहेको पनि उनले आरोप लगाए।

Advertisements

कार्यक्रममा पूर्व सचेतक शोभाकर पराजूली, सांसद पुष्कर आचार्य, प्यूठान काँग्रेसका सभापति अमर भण्डारी, पूर्व सभापति दिवाकर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायतले आफ्नो भनाई राखेका थिए। कार्यक्रममा नेकपा एमालेका जिल्ला, क्षेत्र एवं गाउँ तहका ४६८ जना काँग्रेस प्रवेश गरेका थिए।

LEAVE A REPLY